निर्वाचन आयोगद्वारा राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यका लागि दर्ता भएका राजनीतिक दलहरुलाई निर्वाचन चिन्ह प्रदान गरेको छ ।

आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम राजनीतिक दलको रूपमा निर्वाचनका लागि मान्यता प्राप्त गर्न देहायबमोजिमका १२ (बाह्र) राजनीतिक दलहरू दर्ता गर्ने निर्णय गरेको छ ।

यसरी दर्ता भएका दलहरुका लागि संवत् २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी निर्वाचन चिन्ह प्रदान गरेको प्रवक्ता शालिग्राम शर्माले जनाए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *