

माल्टा पठाइदिन्छु ठगी गर्ने सुनुवार पक्राउ

काठमाडौं । माल्टा पठाइदिन्छु भनी रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार वैदेशिक रोजगारका लागि माल्टा पठाइदिन्छु भन्दै ३ लाख ३० हजार ठगी गर्ने रामेछाप जिल्ला लिखु गाउँपालिका घर भई हाल मैपी बस्ने पोसाक सुनुवार पक्राउ परेका छन् ।
सुनुवारले प्रतिव्यक्ति रु. ९,५०,०००/- ( अक्षेरुपी नौँ लाख पचास हजाररुपैयाँ ) लाग्छ,माल्टापुगेपछि प्रतिष्ठित कम्पनीमाकाम लगाइदिन्छु,मासिक रु. १,००,०००/-( अक्षेरुपी एक लाख रुपैयाँ ) तलव हुन्छभनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. ३,३०,०००/- (अक्षरुपी तीन लाख तीस हजाररुपैयाँ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मैपीबाटै पक्राउ गरेको हो ।