एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा’ आज सकिँदै

काठमाडौं । नेकपा एमालेको ‘झुलाघाट (बैतडी)– चिवाभञ्ज्याङ (पाँचथर) मध्यपहाडी लोकमार्ग केन्द्रित समृद्धि संकल्प पदयात्रा आज समापन हुँदैछ।

मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको पदयात्रा आज पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुन लागेको हो।

संकल्प यात्राको अन्तिम दिन आज एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली पूर्वी विन्दु चिवाभञ्ज्याङ पुग्दैछ। चिवाभञ्ज्याङमा पुगेर अध्यक्ष ओलीले नेपाल भारत सिमानामा राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको छ ।

चिवाभञ्ज्याङको कार्यक्रम सकेर टोली साँझ फिदिम फर्किने र भोली काठमाडौँ प्रस्थान गर्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *