

मण्डपबाटै बेहुला फरार, बेहुलाका बाबुले हाले बेहुलीलाई सिन्दुर

नयाँदिल्ली । छिमेकी देश भारतमा एउटा अचम्मको घटना घटेको छ । विवाहको मण्डवबाट छोरा भागेपछि हुनेवाला बुहारीसँग एक बृद्धले विवाह गरेको खबर भाईरल भएको छ ।
भारतको बिहारमा ६५ वर्षका रोशनलाललाई २१ वर्षकी कन्यासँग विवाह गर्न छोराले बाध्य बनाएको खबर सार्वजनिक भएको छ । रोशनलालको छोराको विवाह सपना नामकी कन्यासँग हुनेवाला थियो ।
जन्ती कन्याको घरको ढोकामा पुगेको थियो तर रोशनको छोरा मण्डपबाट एकाएक भागे । छोरा मण्डपबाट भागेपछि बुवा नै मण्डपमा बस्न परेको थियो ।
कन्या पक्षले जन्ती खाली हात फर्कदा केटी पक्षको बदनामी हुने बताएपछि दुई परिवारको इज्जत बचाउन रोशन आफै मण्डपमा बसेर विवाह सम्पन्न गरेका हुन् । उनको छोराको अन्य युवतीसँग माया बसेको थियो । त्यसैले मण्डपबाट भागेका थिए ।