

एमाले अध्यक्ष ओलीलाई धनकुटामा यसरी हानियो मुक्का (भिडियोसहित)

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीलाई धनकुटाको लेगुवामा एक व्यक्तिले आक्रमण गरेका छन् ।
संकल्प अभियानको क्रममा धनकुटा र भोजपुरको बीचमा पर्ने लेगुवा पुगेका ओलीलाई महालक्ष्मी–५ का महेश राईले आक्रमण गरेका हुन् ।
फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका राईले ओलीलाई थप्पड प्रहार गरेका हुन् । उनको आक्रमणलगत्तै एमाले कार्यकर्ताले ती व्यक्तिलाई कुटपिट गरेका थिए । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।