

अनिशा र भावनाले गुमाए कारको ठक्करबाट ज्यान…

पोखरा । पोखरामा कारले स्कुटरलाई ठक्कर दिँदा दुई युवतीको मृत्यु भएको छ । पोखराबाट तालचोकतर्फ जाँदै गरेको बीएए ००४१ नम्बरको कारले पोखरा आउँदै गरेको ग१३प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
दुर्घटनामा हेमजाकी २३ वर्षीय अनिशा खड्का र जीरोकी २४ वर्षीय भावना बरालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाबाट स्कुटरमा सवार दुवैजना घाइते भएका थिए ।
उनीहरुको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । दुवै सवारी साधन र कार चालक इलाका प्रहरी कार्यालय शिशुवाको नियन्त्रणमा छन् ।