सिरियामा तैनाथ शान्ति सैनिकको अदलीबदली, सेनानी नाथको नेतृत्वमा १६२ जना मिसन प्रस्थान

काठमाडौं । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनाका लागि ‘अन्डोफ’ सिरियामा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ ।

सेनानी नवराज नाथको नेतृत्वको टोली संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानद्वारा काठमाडौँबाट मिसन इलाकातर्फ प्रस्थान गरेको हो ।

श्री फोर्स हेडक्वाटर सपोर्ट युनिट (शान्ति सेना) १२ औँ डफ्फा, श्री मेकनाईज्ड ईन्फेन्ट्री गुल्म (शान्ति सेना) सातौँ डफ्फा, श्री इन्जिनियर से.मु. (शान्ति सेना) आठौँ डफ्फा, श्री लेबल १ (प्लस) अस्पताल (शान्ति सेना) पाँचौँ डफ्फा र श्री क्लोज प्रोटेक्सन युनिट (शान्ति सेना) चौँथो डफ्फाका १६२ जना नेपाली शान्ति सैनिकहरू मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।

जंगी अड्डाका अनुसार उक्त मिसनमा कार्यरत विभिन्न युनिटका २३८ जना नेपाली शान्ति सैनिकहरू आफ्नो कार्यकाल सम्पन्न गरेर प्रमुख सेनानी महेश कुमार सुवाल बाटाको नेतृत्वमा आजै राति स्वदेश आगमन हुने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *