

घट्याे पेट्रोल र डिजेलको मूल्य, अब कतिमा पाइन्छ त किन्न ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
निगमले शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल र डिजेल, मट्टीतेलको मूल्य घटाएको हो।
निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोलमा लिटरको २ रूपैयाँ डिजेल तथा मट्टीतेलमा ४ रूपैयाँ घटाएको जानकारी दिएको हो।
मूल्य घटेसँगै काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको भाउ १७० रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १६० रूपैयाँ पर्नेछ।
निगमका अनुसार ग्यासमा प्रतिसिलिन्डर तीन सय रूपैयाँ घाटा भए पनि मूल्य यथावत, १८ सय ९५ रूपैयाँ राखिएको छ।