

एसपी नै १२ दिनदेखि थुनामै !

झापा । प्रदेश प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहाल १२ दिनदेखि थुनामा छन् । सवारी ज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालय झापाले एसपी दाहाललाई पक्राउ गरेको हो ।
दाहालले चलाएको स्कोरपियो जिपको ठक्करबाट एक जनाको मृत्यु भएपछि २४ कात्तिकमा उनी पक्राउ परेका थिए । उनी यसपटकको तिहारमा पनि प्रहरी कार्यालयमै थुनामै रहेको जनाइएको छ ।
२४ कात्तिकको राति करिब ९ बजे दाहालले चलाएको मे १ च ७८३९ नम्बरको गाडी र मे १० प १६६९ नम्बरको मोटरसाइकल पूर्वपश्चिम राजमार्गको कन्काई नगरपालिका–८ बिरिङ पुलमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार कमल गाउँपालिका– ६ का १८ वर्षीय अनिल मडीको मृत्यु भएको थियो भने अरका एक युवक घाइते भएका थिए ।
घटनापछि पक्राउ परेका प्रहरी उपरीक्षक दाहाललाई म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।