

पोखराको होटलमा तनहुँकी सुकु मृत भेटिइन्, होटल सञ्चालकसहित ५ पक्राउ

कास्की । पोखराको एक होटलमा तनहुँकी महिला मृत फेला परेकी छन्।
पोखरा नागढुंगास्थित होटल युनिकमा ३८ वर्षीय सुकु विक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
होटलमा अचेत अवस्थामा फेला परेकी सुकुलाई तत्काल उद्धार गरेर चरक मेमोरियल अस्पताल लगिएकोमा डाक्टरले मृत घोषित गरेका थिए। मृतकको शव हेर्दा शंकास्पद देखिएको प्रहरीले बताएको छ।
होटल सञ्चालकसहित ५ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।