

नेपालले पायो १३५ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकप प्रवेशका लागि नेपालले १३५ रनको लक्ष्य पाएको छ ।
युएईविरुद्ध टस हारेर बलिङ गरेको नेपालले युएईलाई २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रनमा रोक्दै १३५ रनको लक्ष्य पाएको हो ।
नेपालका लागि कुशल मल्ले ३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट हात पारे । त्यस्तै सोमपाल कामी र रोहित पौडेलले १÷१ विकेट लिए ।
युएईका लागि अरविन्द भृत्यले ६४ रन बनाए भने कप्तान मुहम्मद वसिमले २६ रनको पारी खेले । त्यस्तै अलिसन सराफूले १६ रन बनाउँदा आशिफ खानले१३ रन बनाएका थिए ।