

सेनाले माग्यो २२९ सेकेन्ड लेफ्टिनेन्टका लागि दरखास्त, कसले कहिलेसम्म पाइन्छ फर्म भर्न ? (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ ।
सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले अधिकृत क्याडेट पदका लागि आवेदन माग गरेको हो ।
नेपाली सेनामा रिक्त २२९ अधिकृत पद (सहायक सेनानी) खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको आवेदन माग गरिएको सेनाले जनाएको छ ।
आजदेखि मंसिर २३ गतेसम्म र दोब्बर दस्तुर बुझाई थप एक हप्तासम्म आवेदन दिन सकिनेछ ।