खानेपानी तथा सरसफाई सम्बन्धि रोटरीको छलफल



काठमाडौं । रोटरी इन्टरनेशन डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानको आइसीएम कमिटिको आयोजनामा शनिवार काठमाडौंमा खानेपानी तथा सरसफाई सम्बन्धि एक छलफल कार्यक्रमको सम्पन्न भएको छ ।

शुद्ध खानेपानी पिउन पाउने नागरिकको मौलिक अधिकारको प्रत्याभूति हुन नसक्नुका कारण एवं समाधानको मार्गचित्रबारे छलफल भएको हो । मानविय सेवाका विविध विधामा समर्पित रोटरीले न शुद्ध पानी पिउने नागरिकको मौलिक अधिकारलाई सुनिश्चित गर्ने गराउने सन्दर्भमा बिभिन्न तहका राज्य संयन्त्र तथा खानेपानीको क्षेत्रमा काम गरिरहेको सरोकारवाला निकायसँग कसरी समन्वय तथा सहकार्य गर्न सक्छ भन्ने सन्दर्भमा छलफल केन्द्रित थियो ।

सामाजिक संस्थाबाट भएका शुद्ध खानेपानी तथा सरसफाई सम्बन्धि कामलाई राज्यको सम्बन्धित मन्त्रालय तथा विभागसँग समन्वय गराउँदै अगाडि बढाउने सन्दर्भमा आजसम्म भएका अभ्यास तथा अवका दिनमा गरिनुपर्ने कार्यका सन्दर्भमा समेत कार्यक्रममा छलफल भएको थियो । देशका मुख्य शहरमा भइरहेको पिउने पानीको अभाव, बहुप्रतिक्षित मेलम्ची खानेपानी परियोजना पूर्ण रुपमा सञ्चालनमा आउन नसक्नुका कारणका बारेमा वक्ताहरुले धारणा राखेका थिए ।

No description available.

कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका डिस्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद ध्वजुले खानेपानी तथा सरसफाई रोटरी इन्टरनेशनलको सात प्राथमिकताका क्षेत्र मध्य एक भएको र यो क्षेत्रमा रोटरीले बिगतदेखि नै काम गरेकोले नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको एवं अत्यन्तै संवेदनशिल बिषय शुद्व खानेपानी पिउन पाउने अधिकारको रक्षाका लागि रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल भूटान तिनै तहका सरकार देखि अन्य सरोकारवाला निकायसँग सहकार्यका लागि सदैब उत्साहित रहेको बताए ।

उनले भने, नागरिकले पानीको सहज उपभोग गर्न पाउनुपर्छ र त्यो पूर्णतया पिउन योग्य, शुद्व तथा सफा हुनुपर्छ भन्ने संवेदनशिल विषयमा नेपालका रोटरी क्लवहरुले जागरणका कार्यक्रम चलाउने, आफुसँग भएका स्रोतको यो क्षेत्रमा बढि भन्दा बढि लगाउन र अन्तर्राष्ट्रिय स्रोतको खोजी गरि नागरिकको शुद्व खानेपानीमा सहज पहुँचको विस्तारमा जुट्न अपिल गरेका थिए । पानीको चरम अभाव भएका ठाउँमा रोटरीले गरेका उल्लेखनीय खानेपानी परियोजनको स्मरण गर्दै गभर्नर ध्वजुले पानी पिलाउने जस्तो महान एवं पवित्र कर्ममा रोटरीको तर्फवाट हुन सक्ने पहलकदमीमा कुनै कसर बाँकी नराख्ने बताएका थिए ।

कार्यक्रममा खानेपानी मन्त्रालय खानेपानी तथा ढल व्यवस्थापन विभागका डा. रजित ओझाले राज्यका तर्फवाट भइरहेका प्रयत्नहरुबारे बताउँदै रोटरी जस्तो अन्तर्राष्ट्रिय संस्था एवं खानेपानी तथा सरसफाईका क्षेत्रमा काम गर्ने अन्य संस्थाका कामको राज्यसंग मूलप्रवाहीकरण गराउने सन्र्दभमा पहल भइरहेको बताएका थिए । उनले राज्य पनि सवैखाले सरोकारवालाहरुसँग हातेमालो गरेर खानेपानी र सरसफाई सम्बन्धि समस्याको दीर्घकालिन समाधान खोज्नका लागि तयार रहेको बताएका थिए ।

No description available.

कार्यक्रममा बहुप्रतिक्षित मेलम्ची खानेपानी परियोजनाको इतिहास, वर्तमान र पूर्ण सञ्चालनमा आउने समयका सन्दर्भमा उक्त परियोजनाका परामर्शदाता अनिलभद्र खनालले जानकारी गराएका थिए । उनले मेलम्चीको पानी अहिले उपत्यकामा वर्षायाम बाहेकका केहि महिनामात्र आपूर्ति गर्न सकिने र पूर्ण रुपमा भने  सन २०२९ वाट मात्र सञ्चालनमा आउन सक्ने बताएका थिए ।

कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका निर्वाचित गभर्नर राजेन्द्रमान शेरचन, पूर्व गभर्नर सञ्जय गिरीले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा रोटरी क्लव अफ जावालखेल, रोटरी क्लव अफ पाटन इष्ट र रोटरी क्लव अफ पाटन साउथका पूर्व अध्यक्ष तथा अधिकारीहरुले क्लबले खानेपानी तथा सरसफाईका क्षेत्रमा गरेका परियोजना र तिनको समुदायमा परेको प्रभावबारे प्रस्तुति राखेका थिए । कार्यक्रममा विभिन्न क्लवका पदाधिकारी तथा डिस्ट्रिक्टका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका आइसीएम कमिटिका चेयर अमित गिरीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सहजकर्ताका रुपमा रोटरी क्लव अफ कुपण्डोलका पूर्व अध्यक्ष तथा ऐसिस्टेन्ट गभर्नर हरिराम कोइराला रहेका थिए ।

कार्यक्रमको होस्ट क्लवलका रुपमा ६ वटा रोटरी क्लव रहेका थिए जसमा रोटरी क्लव अफ जावलाखेल मञ्जुश्री, रोटरी क्लव अफ कुपण्डोल, रोटरी क्लव अफ पाटन इष्ट, रोटरी क्लब अफ  पाटन साउथ, रोटरी क्लव अफ ललितपुर मिडटाउन र रोटरी इ क्लव अफ डिस्टिक्ट्र ३२९२ रहेका थिए ।