

प्राइम कमर्शियल बैंक १७औं वर्षमा प्रवेश

काठमाडौं । प्राइम कमर्शियल बैंक स्थापनाको १६औं वर्ष पूरा गरी १७औं वर्षमा प्रवेश गरेको छ ।
उक्त सुखद् अवसरमा बैंक परिवार ग्राहकहरूको सेवामा समर्पित रही बैंकिङ सेवारसुविधाहरू थप गुणस्तरीय र अझ परिष्कृत गर्दै लैजाने बैंकले प्रतिबद्धता जाहेर गरेको छ ।
साथै जस्तोसुकै अवस्थामा पनि बैंकको प्रगति र दिगो उपलब्धिमा सधै सद्भाव, सहयोग र सदाशयता राख्ने सम्पूर्ण वर्ग संघ संस्थाहरू, नियामक निकाय, सञ्चारकर्मी, कर्मचारी लगायत शुभेच्छुकहरूमा बैंकले आभार प्रकट गरेको छ ।
बैंकले १७ औं वर्ष प्रवेशको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको थियो ।