

सांसद एवं पूर्वआईजी प्रधानका पिएसओकी श्रीमती गोली लागी घाइते, कस्तो छ त उनको अवस्था ?

काठमाडौं । गोली लागेर नेपाल प्रहरीका असई लक्ष्मण चौधरीकी श्रीमती घाइते भएकी छिन् ।
प्रहरी स्रोतका अनुसार महाराजगञ्जस्थित निवासमा श्रीमानको पेस्तोल चलाउँदा उनलाई गोली लागेको हो ।
असई चौधरी राप्रपाबाट निर्वाचित सांसद एवं पूर्वमहानिरीक्षक धुव्रबहादुर प्रधानको पिएसओका रुपमा कार्यरत छन् । घाइतेलाई शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।
उनको कोखामा गोली लागेको र अवस्था जोखिममुक्त भएको बताइएको छ ।