

अन्ततः पारससँगको भेटपछि चीन जाने भए सन्दीप, आजै साढे १२ बजे फ्लाइट

काठमाडौं । मानसिक रुपमा तयार नभएको भन्दै चीन नजाने बताएका क्रिकेटर सन्दीप लामिछाने एसियन गेम्सका लागि आज चीनतर्फ प्रस्थान गर्ने भएका छन् ।
पूर्वकप्तान एवं क्रिकेट संघका नवनिर्वाचित सचिव पारस खड्कासँगको भेटपछि सन्दीप आज साढे १२ बजेको उडानपछि भएका हुन् ।
तीन दिनअघि नै नेपाली टीम एसियाडका लागि प्रस्थान गर्दा सन्दीप आफ्नो मुद्दाको पेशीका कारण रोकिनुपरेको थियो ।
उनले आफू मानसिक रूपमा कमजोर बनेको भन्दै एसिया कप खेल्न नसक्ने जनाउ नेपाल क्रिकेट संघलाई गराएका थिए । तर, हिजै बेलुकी संघका नवनिर्वाचित सचिव पारस खड्कासँग भेटवार्ता भएपछि सन्दीपको यात्रा निश्चित भएको हो ।
पाारसले सन्दीपलाई उनको सरोकारका विषयहरू सम्बोधन गर्न आफूले सक्दो कोसिस गर्ने बताएका छन् ।