

कावासोतीमा तास खेलिरहेका यी ८ जना पक्राउ (नामसहित)

कावासोती – पूर्वी नवलपरासीको कावासोतीमा तास खेलिरहेका ८ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट प्रहरीले नगद २ लाख २९ हजार नगद बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती २ मालपोत चोकमा रहेको गोविन्द न्यौपानेको घरमा तास खेलिरहेका ८ जनालाई गए राति पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा कावासोती २ निवासी ४२ वर्षीय सुन्दर श्रेष्ठ, कावासोती ३ निवासी ३८ वर्षीय श्याम भट्टराई, कावासोती ९११ निवासी ३९ वर्षीय ज्ञानेन्द्र महतो, कावासोती २ निवासी २८ वर्षीय नारायण उपाध्याय, कावासोती २ निवासी ३९ वर्षीय गोविन्द शर्मा न्यौपाने, कावासोती ३ निवासी ४८ वर्षीय दानबहादुर सिंजाली, कावासोती २ निवासी ४० वर्षीय खिम लामिछाने र कावासोती ३ निवासी ४२ वर्षीय फडेन्द्र भण्डारी रहेका छन् ।
पक्राउ परेकालाई आवश्यक कारवाही अगाडि बढाईएको प्रहरीले जनाएको छ ।