घर बिदामा गएका सेनाका सिपाही बोहोराले गरे घाँटी रेटी आत्महत्या प्रयास

रुकुम । नेपाली सेनाका एक सिपाहीले आत्महत्याको प्रयास गरेका छन् ।

रुकुमस्थित नरसिंह दल गणमा कार्यरत खलङ्गा घर भएका सिपाही गणेश बोहोराले घर बिदामा गएका बेला आफैंले घाँटी रेटेर आत्महत्याको प्रयास गरेको जनाइएको छ।

बिदामा घर गएका उनले घाँटी रेट्दै गरेको देखेपछि परिवारले रोक्ने कोसिश गरेका थिए । सो क्रममा एक जना घाइते भएका छन् ।

हाल घाइते बोहोराको नेपालगञ्जस्थित अस्पतालमा उपचार भइरहेको छ । उनले के कारणले आत्महत्याको प्रयास गरे अहिलेसम्म खुलिनसकेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *