

गौशाला–२६ ले गरिन् आत्महत्या प्रयास, नर्भिकमा उपचार हुँदै

काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेमाथि मुद्दा हालेकी गौशाला–२६ अस्पताल भर्ना भएकी छन् ।
औषधिको ओभरडोज सेवन गरेपछि आज (शनिबार) उनलाई नर्भिक अस्पताल भर्ना गरिएको हो ।
अहिले उनी खतरामुक्त रहेको प्रहरी स्रोतले बतायो ।
गौशाला–२६ ले सामाजिक सञ्जालमा अस्पतालभित्रको तस्बिर पोस्ट गर्दै ‘बाँच्नभन्दा मर्न गाह्रो’ भनेर लेखेकी छिन् ।
सन्दीपविरुद्धको मुद्दामा भोलि पेशी तोकिएको छ ।
पेशीको अघिल्लो दिन गौशाला २६ अस्पताल भर्ना भएकी हुन् । आज बिहान उनले आफू डिप्रेसन र एन्जाइटीबाट पीडित रहेको र एक वर्षदेखि औषधि सेवन गरिरहेको सामाजिक सञ्जालमा बताएकी थिइन् ।
आफ्नो शरीर अब धेरै पीडा खप्न सक्ने अवस्थामा नरहेको समेत उनले लेखेकी छन् ।