यी दुई कोरोना विरूद्धका खोपले पाए भारतमा अनुमति


नयाँदिल्ली –
भारतले कोरोनाभाइरस विरूद्धका दुई खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार सामाजिक सञ्जालमार्फत् दुई कम्पनीका खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको जनाएका छन्।

सिरम इन्स्चिट्युड अफ इन्डियाको ‘कोभिसिल्ड’ र भारत बायोटेकको ‘कोभ्याक्सिन’ खोपलाई अनुमति दिएको हो।

सिरमले अक्सफोर्ड विश्वाविद्यालय र अस्ट्राजेन्काले बनाएको भ्याक्सिनलाई भारतमा कोभिसिल्ड नाममा उत्पादन गर्न लागेको हो। गत सातामात्र बेलायतले पनि सोही खोपलाई आम प्रयोगका लागि अनुमति दिएको थियो।

भारतले आगामी ६ महिनामा झन्डै ३० करोड मानिसलाई कोरोना भ्याक्सिन दिने बताएको छ। भारतमा अहिलेसम्म एक करोड बढी मानिसलाई कोरोना संक्रमण भएको छ भने डेढ लाखले ज्यान गुमाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *