किन टुट्यो हिमानी र पारस शाहबीचको सम्बन्ध ?

काठमाडौं । देशमा राजसंस्थाको व्यापक बहस चलिरहे पनि पूर्वराजपरिवारभित्र एउटा कस्टप्रद कथा ज्युँदो छ। पूर्वयुवराज पारस शाह पोखरातिर बरालिएका छन् भने सन्तानसँगै पूर्वयुवराज्ञी हिमानी शाह निर्मलनिवासमा छिन्।

दम्पत्तीबीचको टुटेको नाता अहिलेसम्म पनि जोडिन सकेको छैन। कागजी रुपमा नछुटिए पनि यी दम्पत्ती अलग–अलग मात्र बस्दैनन्, बिरलै आमने सामने हुन्छन्। केही औपचारिक कार्यक्रममा यदाकदा देखिएका उनीहरू परिवारसँगको सामूहिक भेटमा पनि निर्मलनिवास बाहिर मात्र देखिने गरेका छन्।

कसरी टुट्यो नाता?

कष्टपूर्ण थाइल्याण्ड बसाईपछि नेपाल फर्केका पूर्वयुवराज पारस शाहलाई पारिवारिक सुख मिल्न नसकेका कारण उनी बरालिएको बताइन्छ।

कहिले बुवा पूर्वराजा ज्ञानेन्द्रले आफु बद्नाम हुने आशंकामा निर्मल निवास छिर्न नदिएको समाचार बाहिर आउँछ। पूर्वयुवराज्ञी हिमानीसँगको सम्बन्ध बिग्रेको चर्चा लामो समय चल्यो। परिवारभन्दा बाहिर बसेका पारस यतिबेला ग्रहदशा कटाउन मन्दिर धाइरहेका छन्। पत्नी हिमानी पारस नेपाल फर्केको दोस्रो दिनमै एक महिना बसाईका लागि भारत हिडँेकी थिइन्। निर्मल निवास स्रोतका अनुसार तथ्य भने फरक छ । निर्मल निवासमा एक मातालाई निम्त्याइयो । २३ वर्षीया एक कुमारी माताले हिमानी र पारससँग बस्दा अनिष्ट हुने भविष्यबाणी गरिन् । उनकै भविष्यवाणीका आधारमा पारस निर्मल निवास प्रवेश गर्न पाएनन्। पत्नीसँग आमने सामने हुने मौका पाएनन्।

आजभोली पनि आफ्ना छोराछोरीसँग बाक्लो भेटमा रहे पनि पारस हिमानीको अगाडि परेका छैनन्। ‘कारण नै धर्मदोष भनिन्छ, त्यसैले भेट नभएको हो’, दरबारनिकट स्रोतले भन्यो।

ज्योतिषीय सिद्धान्तअनुसार पारस र हिमानीको अहिले ग्रह नमिलेको कुमारी माता सविता सरु आचार्यले ठोकुवा गरिन् । ‘सरकारहरू साथमा नभएकै राम्रो’ हिमानीको हात हेर्दै ती माता आचार्यले भनेकी थिइन्,‘सँगै बस्दा ठूलै अनिष्टको खतरा छ, अलग्गिएर बस्नु सुखद् छ ।’

धनकुटाकी स्थानीयवासी माताले पूर्वराजा ज्ञानेन्द्रलाई छोरोबाट फलिफाप नहुने कुरा बताएकी थिइन्। हिमानीको ग्रहदशा हेर्दा पनि ससुराको झैँ योगफल देखिएको उनको कथन थियो।

थाइल्यान्डको चार बर्षको बसाईपछि पारस नेपाल फर्किने कार्यक्रम तय भयो। हिमानी आफैँले स्वकीय सचिव स्मृति शाहमार्फत  कुमारी माता सरुलाई निर्मल निवास बोलाएकी थिइन् । माताले निर्मलनिवासमा बास्तु दोष देखाइन् । ज्ञानेन्द्र गम्भीर बिरामी हुनु र निर्मल निवासमा बस्नेहरूमा बेलाबेला शारीरिक समस्या, मानसिक असन्तुलन देखिनुजस्ता कुराका पछाडि वास्तुदोष रहेको पहिल्याइन्। योसँगै पतिसँग तत्काल नबस्न उनले हिमानीलाई भनेकी थिइन्। -अनलाइनन्यूजसेभेन

Leave a Reply

Your email address will not be published. Required fields are marked *