सशस्त्र इन्स्पेक्टर थापा राँंगाभैंसी तस्करी काण्डमा गण तानिए, अनुसन्धानका लागि समिति गठन



वीरगन्ज । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट प्रसौनीभाठाका सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रकाश थापा शुक्रवार गणमा तानिएका छन् ।

राँंगाभैंसीको तस्करी गराएको आरोपमा गणमा तानिएका इन्स्पेक्टरले राँगाभैंसी तस्कर अलि माेहम्मद र नाैसाद आलमसँग मोटो रकम लिएर तस्करीका लागि सहयोग गरेको प्रारम्भिक जानकारीमा देखिएको छ ।
गणको टोलीले उनीहरूले तस्करी गर्दै गरेको २६ वटा राँगाभैंसी भेटिएपछि अनुसन्धान गर्दा थापा कारबाहीमा तानिएका हुन् ।

उनी शुक्रवार बिहान गणमा तानिए पनि प्रारम्भिक छानबिनका क्रममा घटनामा संलग्न नदेखिएको भन्दै पुनः बिओपी फर्काउने तयारी गरिए पनि अनुसन्धानका लागि समिति गठन गरिसकिएको छ ।

प्रसौनीभाठा नाकाबाट राँंगाभैंसी तस्करी भइरहेको जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल गण नं १३ वीरगन्ज पर्साबाट खटिएको टोलीले बिन्दबासिनी गाउँपालिका- ५ स्थित हासवाबाट साउन ११ गते २६ वटा राँंगाभैंसी बरामद गरेको थियो।

सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वार्टरका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले घटनाका बारेमा डिएसपीको नेतृत्वमा छानबिन समिति गठन गरेका छन् । उनले प्रतिवेदन आएपछि दोषी देखिए उनीमाथि कारबाही हुने जनाएका छन् ।