

प्रहरी हवल्दार एक लाख घुससहित रंगेहात पक्राउ

काठमाडौं । काठमाडौंको प्रहरी प्रभाग बुढानीलकण्ठमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंह एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।
स्थानीय कुख्रे खोलाको ढल सरसफाइ तथा निकास गर्दा निस्कने वालुवा व्यवस्थापन कार्य सहजिकरण गरिदिने भन्दै उनले घुस लिएका हुन् ।
घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले बुढानीलकण्ठ नगरपालिका–२ वासिकबाट उनलाई पक्राउ गरेको हो ।