

एमालेको नाराबाजीसँगै संसद स्थगित, अर्को बैठक साउन १५ मा बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले नाराबाजीमा उत्रिएपछि प्रतिनिधिसभा स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेले एमालेको अवरोधपछि आगामी सोमबार अर्थात् साउन १५ गते बस्ने गरी प्रतिनिधिसभा स्थगित गरेका हुन् ।
त्यसअघि एमालेले सुुन तस्करीको छानबिन गर्न संसदीय उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका थिए ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकको सुरुमै एमाले प्रमुख सचेतक पदम गिरीले सुन तस्करीको छानबिन गर्न संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुख देवराज घिमिरेसमक्ष रुलिङको माग गरेका हुन् ।
सरकारको संरक्षकमा सुन तस्करी भइरहेको दाबी गर्दै एमाले उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको हो ।