

रामघाटको पुलबाट हामफाली १६ वर्षीया बालिका बेपत्ता, खोजीकार्य जारी

स्याङ्जा । कालीगण्डकी नदीमा बगेर एक बालिका बेपत्ता भएकी छन्। चापाकोट नगरपालिका-७ गाम्रेछाप बस्ने १६ वर्षीया सजनी परियार कालीगण्डकीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ।
बुधबार बिहान ११ बजेतिर स्याङ्जा र पाल्पाको संगमस्थल रामघाट स्थित झोलुंगे पुलबाट हामफाल गरी बेपत्ता भएको खबर आएपछि प्रहरीको टोलीले खोजीकार्य जारी राखेको छ।
बालिकाले लगाएको चप्पल पुल नजिकै फेला परे पनि अवस्था अज्ञात छ।