नायिका सिवाकोटीको अर्को पाटो, स्किन सिटीको सिइओ



काठमाडौं । नेपाल मेडिसिटी हस्पिटलअन्र्तगत रहेको स्किन सिटीको सिइओ नियुक्त भएकी छिन् । यस बारे जानकारी गराउँदै सिवाकोटीले आफू अभिनयसँगै आफ्ना पाइला व्यापारिक क्षेत्रमा पनि अगाडी बढाएको उनले जनाएकी छिन् ।

छाला, कपाल तथा नङसँग सम्बन्धित काम हुने स्किन सिटीमा आबद्ध भएसँगै सुभेच्छुकको साथ, सहयोग र सुझाबको अपेक्षा गर्नु आप्mनो दायित्व भएको बताउँदै शिवाकोटीले स्किन सिटीलाई नयाँ उचाइमा लैजाने प्रतिबद्धतासमेत व्यक्त गरेकी छिन् ।

उनले चलचित्र उद्योगसँगै व्यापारिक रुपमा पनि अघि बढ्दै गर्दा चुनौती सँगै सम्भावना पनि भएको बताउँदै लामो समयदेखि चलचित्र उद्योगमा सक्रिय रहेको बताउँदै व्यापारिक रुपमा आफू सफल हुने आशा गरेकी छिन् ।

हाल भैसेपाटीमा मात्रै रहेको स्किन सिटी बिस्तारै काठमाडौंका विभिन्न स्थानमा शाखा बिस्तार गर्ने योजना रहेको शिवाकोटीले बताइन् । उनले हरेक मानिसको सौन्दर्यले मात्रै उनीहरुको आत्मविश्वास वढ्ने बताउँदै स्किन सिटीमार्फत अत्याधुनिक मेसिनबाट छाला, कपाल र नङ्सँग सम्वन्धित कुनै पनि समस्याको खोज, समाधान र उपचारमा हामीले अनुभवी डाक्टरबाट अत्यन्तै आधुनिक प्रविधिबाट उपचार गर्ने बताइन् ।