सर्वोच्चको निर्णय कांग्रेसका लागि मान्यः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटनको विषयमा सर्वोच्च अदालतले दिने निर्णय नेपाली कांग्रेसका लागि मान्य हुने बताएका छन्।

संसद विघटन असंवैधानिक र अप्रजान्त्रिक कदम भएको भन्दै देशव्यापी विरोध सभाका क्रममा भक्तपुरमा सम्बोधन गरेका देउवाले सोमबार भने,‘यो विषय अदालतमा विचाराधीन छ। यो पक्षमा वा विपक्ष जेमा फैसला हुन्छ, त्यहि कांग्रेसले मान्छ।’

प्रजातान्त्रिक मुल्य मान्यता र अदालतको निर्णय मान्ने पार्टी भएकाले यसो गर र उसो गर भनेर अदालतलाई भन्न नहुने देउवाको भनाई थियो। कम्युनिस्ट सरकार आएपछि दुई तिहाईका कारण अदालत केही डराएको देउवाको भनाई थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *