

प्रहरीका एक एसपी र २ डिएसपीको काज सरूवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकजना प्रहरी उपरीक्षक (एसपी) र दुईजना नायब उपरीक्षक (डिएसपी) को काज सरुवा गरेको छ ।
प्रधान कार्यालयले एसपी सिताराम रिजाललाई जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुखको जिम्मेवारी दिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडैंमा कार्यरत एसपी रिजाललाई बामदेव गौतम अनिवार्य अवकाशमा गएपछि रिजाललाई मकवानपुर खटाइएको हो ।
त्यस्तै डिएसपी दधिराम न्यौपानेको जिल्ला प्रहरी कार्यालय बारा काज सरुवा भएको छ भने न्यौपानेको ठाउँ नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, नक्साल काठमाडैंमा पुरुषोत्तम प्रसाद पाण्डेलाई पठाइएको छ ।
अर्को आदेश नभएसम्मको लागि काजमा खटाइएको प्रधान कार्यालयले जनाएको छ ।