माेटरसाइकल दुर्घटनामा परी सरकारी कर्मचारीको मृत्यु
पाँचथर । पाँचथरको सदरमुकाम फिदिम बजार नजिकै सरकारी मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापाको विर्तामोड नगरपालिका ८ निवासी प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय पाँचथरमा कार्यरत २४ वर्षीय युवराज अधिकारी रहेका छन् । उनी कार्यालय सहयोगी हुन् ।
मंगलबार बिहान अधिकारी सवार प्रदेश ०१–०३–००१ ब ००१९ नम्बरको मोटरसाइकल फिदिम २ ओदिन नजिकै दुर्घटनामा परेको थियो ।
उनी चढेको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
अधिकारीलाई उपचारार्थ पाँचथर अस्पताल ल्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।