

नवलपरासीको पहाडी क्षेत्रमा भारी वर्षा, स्थानीयलाई ‘अलर्ट’

काठमाडौं । नवलपरासीको हुप्सेकोट, देउरालीका साथै पहाडी भेगमा पछिल्लो तीन घण्टामा भारी वर्षा मापन भएको छ । बाढी पूर्वानुमान महाशाखा ट्विटरमार्फत् विनयीलगायत ससाना खोलाहरूको बहाव बढ्ने जोखिम रहेको जानकारी दिएको हो ।
नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रामा निस्किनेहरूले सतर्कता अपनाउनु पर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
तिनाउ नदी बाढीमापन केन्द्र बुटबलमा जलसतहले खतरा तह पार गरेको छ । र, जल सतह अझै बढ्दो क्रममा रहेको छ । तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा स्थानमा हुनेहरू दिउँसो १२ बजेसम्म सुरक्षित स्थानमा बस्न महाशाखमले आग्रह गरेको छ ।
नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान र आसपासको स्थानमा भारी वर्षा मापन भएको छ ।