

भ्रष्टाचारको विषयमा कांग्रेस र कम्युनिष्ट एकैस्थानमा उभिने प्रमाणित भयो : लिङ्देन

झापा । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारको विषयमा कांग्रेस र कम्युनिष्ट एकैस्थानमा उभिने प्रमाणित भएको बताएका छन् ।
पार्टीको नवीन राप्रपा कार्ययोजना अभियानअन्तर्गत बिर्तामोडस्थित राप्रपा जिल्ला समिति झापाको कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणसम्म आइपुग्दा भ्रष्टाचार गर्न र भ्रष्टाचारीलाई जोगाउन कांग्रेस र कम्युनिष्ट एकैस्थानमा उभिने प्रमाणित भएको दाबी गरेका हुन् ।
भ्रष्टाचारका घटना सार्वजनिक भइरहँदा राप्रपाका मानिस नमुछिएको भन्दै उनले ठूलाठूला भ्रष्टाचार काण्डमा कांग्रेस र कम्युनिष्टका नेताहरुको संलग्नता देखिएको र भ्रष्टाचारी जोगाउने कार्यमा पनि उनीहरू एकैस्थानमा उभिएको आरोप लगाए ।
चीन र भारतकालागि कम्फर्टेबल सरकारको खोजीमा लागेका कांग्रेस र कम्युनिष्टले जनताको कम्फर्टेबल सरकारको खोजी नगरेको भन्दै उनले कुनै बेला राप्रपाको सदस्य लिएकालाई रातरात पार्टी प्रवेश गराउने कांग्रेस र कम्युनिष्ट पार्टीमा अहिले कोही नगएको बताए ।