पाइलट गुरूङसहित यी ६ ले गुमाए हेलिकोप्टर दुर्घटनामा ज्यान (नामसहित)

काठमाडौं । मनाङ एयर दुर्घटनाग्रस्त क्षेत्रमा ६ जनाको शव फेला परेको छ। स्थानीयका अनुसार, दुई जनाको शव सग्लो छ भने बाँकीको क्षतविक्षत अवस्थामा छ। जहाजमा पाइलटसहित ६ जना थिए।

बिहान सम्पर्कविहीन भएको हेलिकोप्टर लिखुपिके गाउँपालिका– ५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।

हेलिकोप्टरमा चालक दलका सदस्यबाहेक पाँचैजना मेक्सिकन नागरिक सवार छन्। ९ एनए—एमभी कल साइन भएको हेलिकोप्टर क्याप्टेन चेत गुरूङले उडाएका थिए।

हेलिकोप्टरमा सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका छन्। उनीहरू सबै मेक्सिकन नागरिक हुन्।

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर मंगलबार बिहान १० बजेतिर सम्पर्कविहीन भएको थियो।

मृतकहरुको नामावलीः

पाइलटः चेत गुरुङ (नेपाली)

यात्रुहरुः सीफुन्ट जी फर्नाडो (मेक्सिकन नागरिक)

रिनकोन स्मार (मेक्सिकन नागरिक)

सीफुन्ट मारिया (मेक्सिकन नागरिक)

गुन्जालेज ओलाक्लो (मेक्सिकन नागरिक)

जोन्जालेक्स एब्रिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *