

यी हुन् मनाङ एयरका हेलिकोप्टर उडाएका पाइलट गुरुङ

काठमाडौं – मनाङ एयरको हेलिकोप्टर अनुभवी पाइटल चेतबहादुर गुरुङले उडाएको जनाइएको छ । १० वर्षदेखि मनाङ एयरकै हेलिकोप्टर उडाउँदै आएका गुरुङले सन १९९८ देखि उडान शुरु गरेका थिए । उनी ५४ वर्ष भएको जनाइएको छ ।
नाइनएनएरएमभी कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लामजुरामा दुर्घटना भएको छ ।
लिखुपिके गाउँपालिकाको वडा नं. ५ को भकाञ्जेको काँडेस्थित चिहानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जनाइएको छ । उक्त स्थानमा हेलिकोप्टर क्षतविक्षत अवस्थामा रहेको र आलगागी पनि भइरहेको स्थानीय ङिमा लामाले जनाए ।
उक्त हेलिकोप्टरमा पाइलटसहित ६ जना यात्रु रहेका थिए ।