

को-को सवार छन् त मनाङ एयरको सम्पर्कबिहीन हेलिकोप्टरमा ?

काठमाडौं – सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लाम्जुरा पास क्षेत्रमा आएपछि सम्पर्कविहीन भएको जनाइएको छ ।
सोमबार विदेशी नागरिक बोकेर माउन्टेन फ्लाइटका गएको हेलिकोप्टर आज लुक्लामा बसेर त्यहाँबाट फर्किँदै गरेको अवस्थामा तिनै विदेशी नागरिकसहित सम्पर्कबिहीन भएको जनाइएको छ । तर, उक्त हेलिकोप्टरमा को-को सवार छन् भन्ने भने अहिले नै खुलिसकेको छैन । हेलिकप्टरमा सवार सबै मेक्सिकन नागरिक भएका मनाङ एअरका प्रबन्धक राजु न्यौपानेले बताए ।
बिहानैदेखि सो क्षेत्रमा मौसम खराबीका कारण लुक्लाबाट उडेको सुर्के ल्यान्ड गरेको थियो । सुर्केपछि थोप्तेन छोलिङ क्षेत्रमा पनि ल्यान्ड गरेको पाइएको छ ।
पीके पिक क्षेत्रमा सम्पर्कविहीन भएको बताइएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले सम्पर्कविहीन भएको जानकारीमा आए पनि त्यसबाहेक कुनै जानकारी प्राप्त नभएको बताइएको छ ।