

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी रहेको छ ।
केही बेर अघिबाट सुरु भएको बैठकमा संसद्को अवरोध हटाउने विषयमा छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यस्तै, मिटरव्याजविरुद्धको अध्यादेश निष्क्रिय भएको विषयमा पनि छलफल केन्द्रित हुनेछ ।
बैठकमा माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा, नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका नेताहरू सहभागी छन् ।