

एक वर्षपछि बल्ल बस्दै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । असार २७ गते दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।
उनका अनुसार बैठकमा गत वर्ष भएको निर्वाचनको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।
बुधबार बिहान सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा उपसभापति र महामन्त्रीको बैठकले बैठकको मिति तय गरेको छ ।
कांग्रेसको केन्द्रीय समितिको बैठक प्रत्येक दुई–दुई महिनामा बस्नुपर्ने विधानमा उल्लेख छ । तर, एक वर्षपछि कांग्रेसको बैठक बस्न लागेको छ ।