

उपाधिका लागि नेपाल र मलेशिया भिड्दै

काठमाडौं । आज नेपाल र मलेसियाका बिचमा क्रिकेट प्रतिस्पर्धा हुदैँछ ।
एसिसी यू-१६ इस्ट जोन कपको फाइनल खेलमा नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दैछ ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सो फाइनल खेल हुनेछ । जसअनुसार अहिले बिहान ७ः १५ बजेवाट सुरु हुनेछ ।
नेपालले यसअघि दुईवटा उपाधी हासिल गरिसकेको छ । आज पनि नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न उदेश्यसहित मैदानमा उत्रन लागेको हो ।
यसअघि भएको सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रनले हराएर फाइनलमा पुगेको हो भने हङकङलाई ७८ रनले हराउँदै मलेसिया नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो । दुवै खेलाडी आज आफनो जादु प्रदर्शन गर्ने तयारीका साथ मैदानमा देखिन लागेका हुन् ।