पनडुब्बीमा सवार पाकिस्तान अर्बपति दाउद र छोरा सुलेमानको मृत्युबारे यसो भन्यो परिवारले 



इस्लामाबाद । एट्लान्टिक महासागरमा सन् १९१२ मा डुबेको टाइटानिक जहाजको भग्नावशेष हेर्न गएको पनडुब्बी टाइटानमा सवार सबै पाँच जनाको मृत्यु भएको छ ।

यो पनडुब्बीमा सवार पाँच यात्रीमध्ये पाकिस्तानी मूलका अर्बपति कारोबारी शहजादा दाउद र उनका छोरा सुलेमान दाउदको मृत्युपछि उनको परिवारले आफूहरू पिता–पुत्रप्रति विश्वभरिका मानिसको भावना र समर्थनले अभिभूत भएको बताएका छन् ।

टाइटनमा सवार पाँच जनामध्ये पिता–पुत्र शहजादा र सुलेमान दाउदको परिवारले उनीहरूको निधनमा शोक व्यक्त गरेका छन् ।

शहजादा दाउद ४८ वर्षका थिए भने उनका छोरा सुलेमान १९ वर्षका थिए ।

बेलायती अर्बपति व्यापारी हमिस हार्डिङ, फ्रान्सेली अन्वेषक पल हेनरी नार्गेलेट र साहसिक यात्राको व्यवस्थापन गर्ने कम्पनीका प्रमुख कार्यकारी स्टकटन रश पनि टाइटनमा सवार थिए ।

शहजादा दाउद पाकिस्तानको ठुलो व्यापारिक घरानाका सदस्य थिए । उनी बेलायतको प्रिन्स ट्रस्ट च्यारिटीको बोर्ड सदस्य पनि थिए । -एजेन्सी