

नयाँ घरमा ‘बर्थ डे’ मनाउँदै रास्वपा

काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो बार्षिकोत्सव मनाउँदैछ ।
उक्त अवसरमा रास्वपाले बालाजुस्थित केन्द्रिय कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत राजनीतिक दलका शिर्ष नेतालाई आमन्त्रण गरिएको जनाईएको छ । उक्त चियापान कार्यक्रममा पूर्व प्रधानमन्त्री, मन्त्री, संबैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगका प्रतिनिधिलगायत उपस्थित हुने बुझिएको छ ।
चियापान रास्वपाले बालाजुस्थित नयाँ पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।
गत असार ७ गते विधिवत रुपमा निर्वाचन आयोगमा दर्ता भएको दिनलाई रास्वपाले पार्टीको स्थापना दिवसका रुपमा मनाउन लागेको हो । यसअघि पार्टी कार्यालय बसुन्धरामा रहेको रास्वपाले पार्टी कार्यालयमा स्थान अभावका कारण बालाजुस्थित नयाँ भवनमा सरेको हो ।