सशस्त्रले लियो भारतीय स्कारपियो नियन्त्रणमा



बारा । सशस्त्र प्रहरीले बाराको सिम्रौनगढ नगरपालिका १ वीरेन्द्र चोकबाट भारतीय स्कारपिओ गाडीलाई नियन्त्रणमा लिइएको छ । सशस्त्रले सोमबार गाडी बरामद लिएको हो ।

बैरियाबाट सिम्रौनगढतर्फ जाँदै गरेको एचआर २६ बिबि ००४० नम्बरको सेतो रंगको भारतीय स्कारपिओ गाडी भन्सार महसुल नतिरी चलाएको पाइएपछि सीमा सुरक्षा गुल्म पिपरपातीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

नियन्त्रणमा लिइएको गाडी आवश्यक कार्वाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।