नेपाली सेनाले गर्यो हेलिकोप्टरमा दार्चुलाकी सुत्केरीको उद्धार

दार्चुला – दार्चुलामा एक सुत्केरीको हेलिकप्टरबाट उद्दार गरिएको छ। लेकम गाउँपालिका-२ भटाइजरकी ३३ वर्षीया पार्वती सार्कीको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको हो।

बिहिवार दिउँसो गराडी स्वास्थ्य चौकीमा बच्चा जन्माएकी सार्कीलाई उच्च रक्तस्रावको समस्या देखिपछि थप उपचारका लागि शुक्रवार बिहान हेलिकप्टरमार्फत उद्धार गरि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *