रमेश बिजी बाँधिए वैवाहिक बन्धनमा

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष गायक रमेश बिजी वैवाहिक जीवनमा बाँधिएका छन्।

१२ बर्षदेखी अष्ट्रेलियाको मेलवर्न बस्दै आएकी प्रेमिका शर्मिला श्रेष्ठसँग उनले लगनगाँठो कसेका हुन्।

बिहे लगत्तै उनि अष्ट्रेलिया जाने तयारीमा छन्। उनि अब अष्ट्रेलियामा स्थायी बसोबासकै लागि जान लागेको बिजीका नजिकका साथीले बताए।

श्रेष्ठ हाल अष्ट्रेलियन नागरिक हुन्। उनीहरुको प्रेमसम्बन्ध वि.सं. २०५५ सालदेखि थियो। श्रेष्ठ र बिजी दुवैजना स्याङ्जा जिल्लाका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *