

स्कुलको होस्टलमै झुन्डिएको अवस्थामा मृत भेटिए ५ कक्षाका विद्यार्थी

काठमाडौं । काठमाडौंको नयाँबजारस्थित इटरनल लाइट पब्लिक स्कुल (इलिप्स) को छात्रावासभित्र एक जना विद्यार्थी मृत फेला परेका छन् ।
धादिङ घर भएका कक्षा ५ मा अध्ययनरत विद्यार्थी मृत फेला परेका हुन् । उनी आफू बस्ने कोठा भित्रै झुण्डिएको अवस्थामा गएराति मृत फेला परेको लैनचौर प्रहरीले जनाएको छ ।
उनको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । मृत्युको कारण खुलिसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्कुल परिसरमा प्रहरीहरुको तैनाथी बढाइएको छ । विद्यार्थीका अभिभावक, आफन्त र स्थानीय भेला भएर स्कुलविरुद्ध नाराबाजी गरेका छन् ।