

मधेसमा जसपा नेतृत्वको सरकारलाई निरन्तरता दिन गठबन्धन सहमत

काठमाडौं । सत्ता गठबन्धन दलहरुबीच मधेस प्रदेशमा आलोपालोको सहमति अनुसार अहिलेकै पहिलो चरणमा जसपा नेतृत्वको सरकारलाई निरन्तरता दिने सहमति भएको छ ।
बालुवाटारमा बसेको सत्तारूढ दलका शीर्ष नेताहरूको बैठकले मधेस प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्ने निर्णय गरेको हो।
हाल मधेस प्रदेश सरकारको नेतृत्व जसपाले गरिरहेको छ । तर केन्द्रीय सत्ता गठबन्धनमा आएको फेरबदलसँगै कांग्रेसले आलोपालो अन्तर्गत पहिलो चरणमा आफ्नो दलले सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडान लिँदै आएको थियो ।
अब नेपाली कांग्रेस, लोसपा र नेकपा एकीकृत समाजवादीसमेत सरकारमा सहभागी हुनेछन्। बैठकमा मधेस प्रदेशका नेताहरूसमेत सहभागी थिए।