

खाँण पक्राउ परेसँगै उनैले ल्याएका सचिव सिंहको पनि जिम्मेवारी खोसियो, उनी पनि तानिने सम्भावना

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा तत्कालिन गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उनले गृहमन्त्रालयमा ल्याएका सचिव विनोद प्रकाश सिंह पनि अनुन्धानमा तानिने देखिएको छ ।
बुधबार खाँण पक्राउ पर्नासाथ गृहसचिवका रुपमा कार्यरत सिंहलाई प्रधानमन्त्री कार्यालयमा तानिएपछि उनी पनि तानिन सक्ने देखिएको हो ।
सरकारले खाँण पक्राउ पर्नासाथ सिंहको स्थानमा प्रधानमन्त्री कार्यालयमा सचिव दिनेश भट्टराईलाई मन्त्रालयको सचिवको जिम्मेवारी दिएपछि सिंह पनि तानिने देखिएको हो ।
पूर्वमन्त्री खाँणसँगै बुधबार बिहान उनका स्वकिय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । अहिलेसम्म भुटानी शरणार्थी प्रकरणमा १२ जना पक्राउ परिसकेका छन् ।
यही प्रकरणमा पक्राउ पुर्जी जारि भइसकेका पूर्वमन्त्री टोपबहादुर रायमाझी भने फरार रहेका छन् । उनलाई पक्रनका लागि प्रहरीले देशैभर सर्कुलर जारी गरिसकेको छ ।