

बालकृष्ण खाँण पक्राउ !

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् ।
उनलाई बुधवार बिहान पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । कांग्रेसका नेता समेत रहेका खाण आज विहान निवासबाट नै पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ ।
उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका थिए । उनी बाहेक उनकी पत्नी एवं सांसद मञ्जु खाँण पनि सोही प्रकरणमा अनुसन्धान कै क्रममा रहेकी छिन् ।
दुई दिनअघि खाणलाई बोलाएको बेला हाजिर हुने शर्तमा प्रारम्भिक बयान लिएर कागज गरी छाडिएको थियो ।
यसअघि यहि प्रकरणमा सचिव टेकनाराण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप लगायत पक्राउ परिसकेका छन् ।
एमाले सचिव रायमाझी फरार रहेका छन् ।