

खाणलाई म्याद थपका लागि अदालत लैजानु अघि स्वास्थ्य परिक्षण गरिँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणलाई स्वास्थ्य परिक्षणका लगिएको छ ।
उनको स्वास्थ्य परिक्षण गरिसकेपछि म्याद थपका लागि अदालत लगिने जनाइएको छ ।
यसअघि मैजुबहालबाट खाणलाई बुधबार बिहान प्रहरीले समातेको थियो । पक्राउ पुर्जी जारी नभएको हुँदा खाणलाई ‘जरुरी पक्राउ पुर्जी’ थमाएर पक्राउ गरिएको हो ।
खाणलाई उच्च सुरक्षा निगरानीका साथ अदालत लगिएको छ ।
खाँणसँगै उनकै घरबाट बुधबार पक्राउ परेका स्वकीय सचिव नरेन्द्र केसीलाई सँगै लगिएको छ ।
अनुसन्धानमा तानिएका एमाले सचिव टोपबहादुर रायमाझी भने पक्राउ पुर्जी जारीपछि फरार छन् ।