संसद् विघटनसम्बन्धी रिटमा जारी भएन अन्तरिम आदेश

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा अन्तरिम आदेश जारी भएन । उक्त रिटलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक इजलाशमा पठाउने आदेश दिएका छन् ।

शुक्रबार हुने संवैधानिक इजलाशमा हेर्नेगरी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले सो आदेश दिएको हो । आजको इजलाशमा १२ वटा रिट माथि सुनुवाई भएको थियो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीश हुन्छन्।

संवैधानिक इजलासका लागि सर्वोच्चले तयार गरेको रोष्टरमा भएका १० मध्ये चार जना न्यायाधीश प्रधानन्यायाधीश राणाले नै छान्नेछन्।

संवैधानिक इजलासका लागि तयार भएको रोष्टरमा न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल सिन्हा, प्रकासिंह राउत र सपना प्रधान मल्ल रहेको सर्वोच्च स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *