

नेपाल लाइफका शेयरधनीले पाउने भए ५१ प्रतिशत बोनश

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सले अघिल्लो वर्षको लाभांश घोषणा गरेको छ ।
कम्पनीले आफ्ना शेयरधनीहरुलाई ५१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको ३११ औँ सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष ७५/७६को मुनाफाबाट शेयरधनीहरुलाई ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश दिने भएको हो ।