काठमाडौंमा थालियो अव्यवस्थित तार हटाउन, पहिलो चरणमा यी १३ रूटमा हटाइँदैछ तार (फोटोफिचर)



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रको तार व्यवस्थापन सुरू गरेको छ।

महानगरले आज माइतीघर मण्डला र न्यूरोडका तार व्यवस्थापन गर्ने महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

तार व्यवस्थापन गर्दा नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, काठमाडौं उपत्यका प्रहरी कार्यालय, महानगर प्रहरी बल र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधि बसेर तार व्यवस्थापन गरिरहेको उनले बताए।

यस्तै तार व्यवस्थापन गर्न दूरसञ्चार प्राधिकरणले १३ वटा रूट तय समेत गरेको छ।

प्राधिकरणले माइतीघरदेखि विमानस्थलसम्म, त्रिपुरेश्वरदेखि महाराजगञ्जसम्म, न्युरोड गेटदेखि वसन्तपुर हुँदै असनसम्म रूट तय गरेको छ।

त्यस्तै माइतीघर, पुतलीसडक हुँदै नारायणहिटी, भद्रकाली, नारायणहिटी, कमलादी हुँदै रानीपोखरीसम्मको तार व्यवस्थापन गर्ने भएको छ।

डिल्लीबजार, अनामनगर हुँदै संघीय संसद् भवन वरपर, नक्साल, बालुवाटार हुँदै शीतल निवाससम्मको पनि तार व्यवस्थापन गर्ने छ। यसैगरी माइतीघर, त्रिपुरेश्वर हुँदै कलंकी, लैनचौर, अमृत साइन्स क्याम्पस, रानीबारी हुँदै सामाखुसीसम्म अर्को रुट तय गरिएको छ।

सोह्रखुट्टे, ढल्को, ताहाचल हुँदै स्वयम्भू, सिनामंगल, पुरानो बानेश्वर हुँदै गौशाला, गौशाला, बौद्धनाथ, कालीमाटी, कुलेश्वर हुँदै बल्खुसम्मको तार व्यवस्थापन गर्ने प्राधिकरणले जनाएको छ।